म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताउनुभएको छ । आज बुधवार नेपाल बार एसोसिएशनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएशनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताउनुभएको हो । उहाँले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि आन्दोलन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाईँ र मैले खाली गरिसक्यौँ, कसरी खाली गर्याैँ, खाली भइसक्यो । तपाईँ र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’
वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरूको उपस्थितिविना न्यायालय चल्न नसक्ने बताउनुभयो । केही न्यायाधीशहरू इजलाश बस्न लागेकोतर्फ इङ्गित गर्दै उहाँले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताउनुभयो । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेका बेला इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरूलाई आग्रह पनि गर्नुभयो ।
वरिष्ठ अधिवक्ता थापाले आफूहरू भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पार्नुभयो । उहाँले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ, त्यो ऐतिहासिक हुन्छ, भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’
वरिष्ठ अधिवक्ता थापाले आफूहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरूलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरूले भ्रष्टाचार गरे/नगरेको सम्बन्धमा छानबिन गर्न चुनौती दिनुभयो । उहाँले सिरकभित्र टाउको नलुकाइ बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
वरिष्ठ अधिवक्ता थापाले नेपाल बार एसोसिएशनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनै पनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरूलाई खबरदारी गर्नुभयो । यदि बारको सहमतिविना नियुक्ति गरेमा न्याय परिषदबाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खबरदार ! बारलाई नसोधिकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईँलाई जसरी भोट मागेर पठाइएको छ, त्यसरी नै बोलाउने अधिकार छ । तपाईँले नेपाल बारसँग छलफल नगरिकन केही नगर्नुस् । हिजो विज्ञप्ति निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ ।’
उहाँले राजनीतिक दलहरूले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बताउनुभयो । न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरू हो भनी वरिष्ठ अधिवक्ता थापाले प्रश्न गर्नुभयो ।
नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गर्नुभएको थियो । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजीनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।