चिनियाँ धानमा बाला नलागेका किसानले बिउ बेच्नेबाटै क्षतिपूर्ति पाउने

 मंसिर १, २०७८ बुधबार १७:१८:१८ | मदन पौड्याल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै : चिनियाँ धान (डिवाई–२८) जातको धानमा बाला नलागेका किसानले क्षतिपूर्ति पाउने भएका छन् । डिवाई–२८ जातको धानको बिउ सिफारिस नगरेको क्षेत्र काठमाण्डौ, भक्तपुर, ललितपुरमा किसानले एग्रोभेटबाट बिउ खरिद गरी रोपेका थिए । बिउ आयात तथा वितरण गर्ने काठमाण्डौ कालिमाटीको काष्ठमण्डप ट्रेड प्वइन्टले किसानलाई क्षतिपूर्ति दिने गरी सहमति भएको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ ।

धानमा बाला नलागेर क्षति भएको क्षेत्रका किसान, पालिकाका प्रतिनिधि, कृषि शाखा प्रमुख, व्यापारी, नार्क तथा बिउबिजन गुणस्तर नियन्त्रण केन्द्र, किसान आयोगबीच आज बुधवार भएको छलफलपछि बिउ आयात तथा वितरण गर्ने व्यापारीले प्रति रोपनी दुई हजार दुई सय ५० रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । उसले पुस १५ सम्म क्षतिपूर्ति दिनुपर्नेछ ।

प्रारम्भिक तथ्याङ्कअनुसार बाला नलागेको क्षेत्र दुई हजार आठ सय ७० रहेको छ । अहिलेसम्म क्षतिको विवरण नटिपाएका किसानलाई सात दिनभित्र पालिकामा टिपाउन भनिएको छ ।

बिउ आयात तथा वितरण गर्नेबाटै किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नेपालमा पहिलो पटक कार्यान्वयन भएको हो । धानमा बाला नलागेपछि आफूहरूलाई गलत बिउ वितरण गर्नेलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्न किसानले माग राख्दै आएका थिए । धानमा दाना नलागेको विषयमा अध्ययन गर्न समिति गठन गरिएको थियो । 

अन्तिम अपडेट: पुस १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया