डलरको भाउ घट्यो, युरो स्थिर
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट एक सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।
ट्र्याक्टरकाे ढालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको एक सय ८० किलाे गाँजा प्रहरीले देवानगञ्जबाट बरामद गरेको हो । पराल लिन सीमापारि जानुपर्ने भन्दै मोटरसाइकल चालकले अनुमति माग्दै गर्दा प्रहरीले शङ्का मानी खाली ट्र्याक्टरकाे जाँच गरेको थियो । जाँचका क्रममा ट्रली भित्र थप क्याबिन बनाएर लुकाएर राखिएको ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले गाँजासहित ट्र्याक्टर सीमापारि कटाउन सहयोगीको भूमिका खेल्ने सन्तोषकुमार मेहतालाई समेत पक्राउ छ । मेहता स्थानीय विद्यालयका शिक्षक रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुनसरी प्रहरीले बरामद गाँजासहित पक्राउ परेका मेहतालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा प्रहरी प्रमुख सञ्जय सिंह थापाले बरामद गाँजा तस्करीको तरिका बिलकुलै नौलो पाइएको बताउनुभयाे । उहाँले लामो समयदेखि गाँजा तथा लागुऔषध कारोबार भइरहेको हुन सक्ने देखिएकाले अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।