एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीवार भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरुत्थान र कोरोनाविरुद्धको खाेपकाे सहयोगलगायतका विषयमा कुराकानी भएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालले भोगेका समस्या समाधानका लागि अमेरिकी सहयोगको अपेक्षा गरिएको पनि बताउनुभएको छ ।
प्रधानमन्त्री देउवाले उठाएका विषयमा सहमति जनाउँदै अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकाले अहिले उपलब्ध गराइरहेका सहयोगको निरन्तरतासँगै थप सहयोग पनि हुने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।