एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता 'कस्मेटिक' सहभागितामा मात्रै सीमित हुने बताउनुभएको छ ।
राजनीतिक दलहरू नयाँ नेतृत्व चयनका लागि आसन्न महाधिवेशनमा केन्द्रित भइरहेका बेला नेकपा एमालेका सचिव ज्ञवालीले महिला सहभागितालाई अर्थपूर्ण बनाउन महिला स्वयंलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको हो ।
राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागिताका विषयमा सञ्चारिका समूहले आज बिहीवार काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु 'कस्मेटिक' सहभागिता मात्रै हुने टिप्पणी गर्नुभयो । उहाँले सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन नसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘वातावरण निर्माण कसरी गर्ने ? यसका लागि पितृसत्तात्मक सोच बाधक छन् । महिलालाई आर्थिक रूपले आत्मनिर्भर र उत्पादकत्वमा नजोडिएसम्म कस्मेटिक सहभागिता मात्रै कायम हुनेछ । महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर सार्वभौम बनाउनुपर्छ । सहभागिताको विषय हेर्दा राजनीतिक देखिए पनि यो सांस्कृतिक विषयसँग जोडिएको छ । सांस्कृतिक रूपान्तरण नभएसम्म महिला सहभागिता सारभूत हुन सक्दैन । नेकपा एमाले महिलाको सारभूत सहभागितामा जोड दिन्छ ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मूल्य मान्यताबाट पतन हुँदै गएकाले महिलाहरू राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । महिला सहभागी गराउनकै लागि एउटै पदमा सङ्ख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उहाँले सङ्ख्या थपेर महिला सहभागिता गराएको भन्न नमिल्ने तर्क गर्नुभयो ।
नेता पाण्डेले पदाधिकारी र अन्य निर्णायक तहमा महिला सहभागिता बढाउन निरन्तर अभिमुखीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले आसन्न महाधिवेशनले पदाधिकारीमा महासचिव र उपाध्यक्षमा महिला निर्वाचित गर्ने दाबी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले कानुनमा नै बाध्यकारी बनाएको व्यवस्थाबाहेक पदाधिकारी र निर्णायक तहसम्मको सहभागिताका लागि सबैसँग छलफल, बहस, सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व सदस्य यशोधा तिम्सिनाले कानुनअनुसार बाध्यकारी व्यवस्थाबाहेक पदाधिकारी तहमा महिला सहभागिता बढाउनेतर्फ दलका नेताहरूको ध्यानाकर्षण गराउनुभयो । महिला नेतृत्व वृद्धिका लागि आवश्यक वातावरण निर्माण गर्नेतर्फ पनि राजनीतिक दलहरूले चासो देखाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।