एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । आज शुक्रवार अमेरिकी सहायक विदेशमन्त्री लुले ओलीसँग शिष्टाचार भेट गर्नुभएको हो ।
शिष्टाचार भेटमा मन्त्री लुले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगारलगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताउनुभयो । उहाँले विदेशमन्त्री लुले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) मा पनि सहयोग गर्ने चासो दिएको बताउनुभयो ।
मन्त्री लुले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरूले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताउनुभयो ।
विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्रीले पूर्वप्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटका क्रममा विदेशमन्त्री लुले अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, त्यो क्षेत्रलाई विस्तार गर्न चाहन्छौँ भन्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले अमेरिकाले गरिरहेको सहयोगका लागि विदेशमन्त्री लुलाई धन्यवाद भन्नुभयो । त्यस्तै विदेशमन्त्री लुले एमसीसी के हुन्छ भनेर प्रश्न राख्नुभयो । यसबारेमा ओलीले हामी अहिले सरकारमा छैनौँ, सरकारमा नभएको बेलामा यही गर्ने भनेर बोल्ने स्थिति छैन, सरकारमा भएकाहरूले के गर्ने भन्छन्, त्यो हेरेर निर्णय गरौँ भन्नुभयो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।