शेयर बजार साढे ११ अङ्कले घट्यो, चार अर्ब ३५ करोड रुपैयाँको कारोबार

 मंसिर ५, २०७८ आइतबार १५:२२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका ७८ लाख ९४ हजार कित्ता शेयर चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नारायणी विकास बैंक र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया