उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – सुडानमा गएको महिना सैन्य विद्रोहपछि नजरबन्दमा रहेका अपदस्थ प्रधानमन्त्री अब्दल्ला हमडोक सरकारको नेतृत्वमा फर्कनुहुने भएको छ ।
जनरल अब्देल फताह अल–बुर्हान र हमडोकबीच राजनीतिक बन्दीहरूलाई रिहा गर्ने र हमडोक प्रधानमन्त्रीमा फर्कने सहमति भएको मध्यस्थकर्ता फदलाल्लाह बर्मालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुडानी मध्यस्थकर्ताहरूको समूहले विज्ञप्ति निकालेर हिजो शनिवार राति अबेर सहमति भएको र आज आइतवार हस्ताक्षर हुने जनाएको छ ।
नजरबन्दमा रहेका अपदस्थ प्रधानमन्त्री र सैन्य नेतृत्वबीच सहमति जुटेकाले चाँडै हमडोक प्रधानमन्त्री हुने र बन्दीहरू रिहा हुने विज्ञप्तिमा उल्लेख छ ।
गएकाे अक्टोबर २५ मा सुडानको सेनाले सरकार विघटन गरेर आपत्काल घोषणा गरेको थियो । सैन्य विद्रोहपछि भएका प्रदर्शनमा ४० जनाको ज्यान गएको छ । थप रक्तपात रोक्नका लागि हमडोकले सहमति गर्नुभएको उहाँकाे निकट स्राेतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।