अफगानिस्तानमा महिलालाई थप बन्देजमा राख्दै तालिबान

 मंसिर ६, २०७८ सोमबार १२:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तालिबानले अब महिलालाई टेलिश्रृङ्खला र नाटकमा अभिनय गर्न नपाउने नियम बनाएको छ ।

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथिको प्रतिबन्ध विस्तार गर्दै यस्तो नियम ल्याएको हो।

यस्तै पत्रकार महिला तथा समाचार वा अन्य कार्यक्रम प्रस्तोतालाई पनि टेलिभिजनमा प्रस्तुत हुँदा अनिवार्य रुपमा टाउको छोप्ने कपडा लगाउनु पर्ने नियम बनाएको बीबीसीले जनाएको छ ।

गएको अगस्टमा अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले सुरुमा  महिलाको स्वतन्त्रता र अधिकारको रक्षा गर्ने बताएको थियो । तर अहिले एकपछि अर्को गर्दै तालिबानले महिला लक्षित कडा प्रतिबन्धात्मक नियम लागू गरिरहेको छ ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फर्किएसँगै इस्लामिक विद्रोही समूह तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएको थियो। 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया