म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
भक्तपुर – यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १० औँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
आज साेमवार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा पार्टीका नेता, कार्यकर्ता र सञ्चारकर्मी समक्ष आफ्नो धारणासहित देशभरिका कार्यकर्ताको मनोभावनाको उच्च सम्मान गरेर आफूले सचिव पदमा उम्मेदवारी दिन लागेकाे उहाँले बताउनुभयाे ।
पार्टी र देशका लागि आफूले निर्वाह गरेको भूमिका र पार्टीमा युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रूपमा युवाहरुलाई परिचालन गर्नका लागि पनि सचिव पदमा आफूले उम्मेदवारी दिने निर्णय गरेको केन्द्रीय सदस्य बस्नेतकाे भनाइ छ ।
आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा हाेस् पार्टीकै पक्षमा नागरिककाे माहोल बनाउन, युवालाई एकताबद्ध बनाउन, आउँदा दिनमा एमालेमा ऊर्जावान् युवाहरूको प्रवेशको नेतृत्व गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने बस्नेतले घोषणा गर्नुभयो ।
उहाँले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । उहाँले आधारहरू प्रस्तुत गर्दै जनयुद्धका नाममा एमाले कार्यकर्ताको हत्या र वाईसीएलकाे दबदबाविरुद्ध युथ फोर्स बनाएर देशैभरि युवा परिचालन गर्दै कार्यकर्ताको संरक्षण गरेको, एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरि युवा अभियान चलाएर एमालेलाई बलियो बनाएको बताउनुभएको छ ।
२०४९ सालमा एमालेको साधारण सदस्य लिएर राजनीतिमा प्रवेश गर्नुभएको बस्नेतले २०५४ मा २३ वर्षकै उमेरमा तत्कालीन गुण्डु गाविसका अध्यक्ष निर्वाचित हुँदै देशभरिका कान्छो गाविस अध्यक्ष भएको, २०५५ मा युवा सङ्घ जिल्ला अध्यक्ष, त्यसपछि एमाले जिल्ला सदस्य, २०५६ मा युवा सङ्घ केन्द्रीय सदस्य, २०६३ मा युवा सङ्घ केन्द्रीय कोषाध्यक्ष, २०६५ मा युथ फोर्स प्रमुख, २०६६ र २०६९ को महाधिवेशनबाट युवा सङ्घको केन्द्रीय अध्यक्ष हुँदै अहिले एमाले केन्द्रीय सदस्य हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।