एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डौ – नेपाल बार एसाेसिएशनको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख अग्नि सापकोटाले न्यायपालिकाभित्र देखिएका समस्याको सहज र स्वाभाविक निकास निकाल्नका लागि सम्बद्ध पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको हो ।
उहाँले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटो भन्दा छिटो निकाल्नुपर्नेमा जोड दिनुभयो । सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिँदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरिरहेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म मेरो जिम्मेवारीको तहबाट निष्पक्ष, स्वतन्त्र र एउटा तटस्थ भूमिकासहित गर्छु र त्यो मेरो निष्पक्षता, मेरो स्वतन्त्रता, देश, नागरिक र यो तीन वटा सर्वोच्च अङ्ग– कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ओज, गरिमा र यसमै सम्पूर्ण राज्य केन्द्रित भइराखेको हुन्छ । अहिले जे बहस भइरहेको हुन्छ, मैले निकै नजिकबाट अध्ययन गर्ने कोसिस गरिरहेको छु । र यो महान् बहसका बीचबाट एउटा राम्रो निष्कर्ष निस्किन्छ भन्ने मलाई लागेको छ । म अझै पनि के चाहन्छु त भन्दा यसको सहज, स्वाभाविक निकास निकाल्नका लागि सम्बद्ध सबै पक्ष अत्यन्त गम्भीर हुनुपर्छ । तपाईँहरूका दिनदिनका भनाइ, तपाईँहरूले बारको प्राङ्गणबाट र अन्य माध्यमबाट पनि हामीलाई ध्यानाकर्षण गराइ नै राख्नुभएको छ । योभन्दा ठूलो ध्यानाकर्षण त अहिले हाम्रो देशका लागि अरू कुनै छैन । त्यस कारण मैले निकै नजिकबाट यो धेरै गम्भीर, असाधारण र यो छिटो भन्दा छिटो ढिलाइ नगरिकन निष्कर्ष निकाल्नुपर्ने विषय हो । समस्या गहिरिँदै गएको छ, समस्या गहिरिँदै जानुमा के–के कामहरू भएको छ ? किन धेरै लम्बिइरहेको छ भन्ने कुरामा आफूलाई केन्द्रित गरेको छु ।’
सभामुख सापकोटाले न्यायपालिकाको समस्या समाधानका लागि आफ्नो विवेक र चेतनाले निर्देशित गरेअनुसार लाग्ने बताउनुभयो । आफूलाई सत्य के हो भन्ने लाग्छ त्यहीअनुसार सत्यको पक्षमा पहलकदमी लिने उहाँको भनाइ छ ।
नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनको निम्ति गरिरहेको आन्दोलनबारे जानकारी गराउँदै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको हाे । बारले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानन्यायाधीशको बर्हिगमन र न्यायपालिकाको सुधारको निम्ति दृढतापूर्वक उभिन राजनीतिक दललगायत सरोकारवाला सबैलाई आह्वान गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।