प्रधानन्यायाधीश जबराले अदालत छाेडेर जानुपर्छ : नेता कर्ण

 मंसिर ६, २०७८ सोमबार १८:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको छ । 

आज सोमवार नेपाल बार एसाेसिएशनले बुझाएको ज्ञापन पत्र लिँदै प्रमुख सचेतक कर्णले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालत छोडेर जानुपर्ने बताउनुभएको हो । उहाँले अदालतमा बार सम्बद्ध कानुन व्यवसायीमाथि भएको प्रहरी दमनप्रति आपत्ति जनाउनुभयो । प्रमुख सचेतक कर्णले नेपालको इतिहासमै यो अद्भूत अकल्पनीय घटना भएको बताउनुभयो ।

प्रमुख सचेतक कर्णले भन्नुभयो, ‘यो मेरो व्यक्तिगत विचार हो, उहाँले अदालत छोडेर अघि बढ्नुपर्छ, उहाँलाई एउटा कस्टमा प्रधानन्यायाधीश बनाइएको हो, नेतृत्वविहीन सर्वोच्च अदालत नबनाउने कस्टमा नै बनाइएको हो, उहाँलाई नदिँदा अर्को व्यक्ति नै थिएन, त्यो नभएको कारणले गर्दा सर्वोच्च जस्तो निकाय नेतृत्वविहीन हुन्छ भन्ने राम्रो लागेन हाम्रो कमिटीलाई, पहिला मान्छेले नसोचेको कुरा पछि देखिन्छ ।’

उहाँले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो । नेपाल बार एसोसिएशनका पदाधिकारीहरूले आज लोसपासहित अन्य दलहरूलाई ज्ञापनपत्र बुझाएका छन् । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया