सर्वाेच्चमा देखिएकाे समस्याबारे बाेल्न अब दलहरूले ढिला गर्नुहुँदैन : डा. भट्टराई

 मंसिर ६, २०७८ सोमबार १८:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरू अग्रसर हुनुपर्ने बेला आएको बताउनुभएको छ ।

आज सोमवार नेपाल बार एसाेसिएशनले ज्ञापनपत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसङ्गति अन्त्यका लागि नेपाल बार एसाेसिएशनले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको पनि स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले अदालतमा देखिएका ती समस्याबारे बोल्न दलहरूले अब ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले राज्यका अङ्गभित्र भएका समस्या आफैँ हल हाेस् भन्ने आफूहरूको चाहना रहे पनि अब सत्तारुढ गठबन्धनले त्यो समस्या समाधानका लागि चाँडै पहल गर्नुपर्ने बताउनुभयो ।

नेता भट्टराईले भन्नुभयो, ‘राज्यका अङ्गभित्र भएका समस्या आफैँ हल गरून् भन्ने हाम्रो चाहाना हो तर अहिले गठबन्धनको एउटा राजनीतिक संयन्त्र बनेको छ, यो राजनीतिक संयन्त्रले अब चाँडै न्यायालयको समस्याको विषयमा साझा धारणा बनाएर निकास खोज्ने प्रयास गर्नेछ । समाजवादी पार्टीको धारणा पनि राज्यका संरचनामा समस्या छ, यस्ता समस्याको विषयमा छलफल हुनुपर्छ । अब कुनै पनि बहानामा यसलाई संरक्षण गर्नुहुँदैन भन्ने धारणा छ ।’

अध्यक्ष भट्टराईले अदालतको बारेमा कानुन व्यवसायीहरूले उठाएको विषय स्वाभाविक भएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया