उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको अध्यक्षमा जेरोम पावेल दोहोरिने पक्का भएको छ ।
राष्ट्रपति जो बाइडेनले दोस्रो कार्यकालका लागि पनि पावेललाई नै निरन्तरता दिने निर्णय गर्नुभएको हो ।
पावेललाई यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गर्नुभएको थियो । कोरोना महामारीले अर्थतन्त्रमा निम्ताएको समस्यालाई कुशलतापूर्वक नेतृत्व गरेकाले पुनः नियुक्ति गरिएको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
सिनेटले अनुमोदन गरेपछि पावेलले दोस्रो कार्यकाल अध्यक्षका रुपमा काम गर्न पाउने बीबीसीले जनाएको छ । अमेरिकाको केन्द्रीय बैंकको अध्यक्ष को हुने भन्ने विषय विश्व अर्थतन्त्रका लागि पनि महत्त्वपूर्ण मानिन्छ । पावेलको पहिलो चार वर्षे कार्यकाल आउँदो फेब्रुअरीमा सकिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।