भीम रावलले मलाई चुनाैती दिनुभएकाे हाेइन, सम्मान देखाउनुभएकाे हाे : केपी ओली

 मंसिर ७, २०७८ मंगलबार १६:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलले आफूलाई चुनाैती नदिएकाे बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयाे, ‘रावलजीले मलाई चुनाैती दिनुभएकाे हाेइन । उहाँकाे शब्दमा ध्यान दिनुहाेस् । उहाँले मप्रति माया, सम्मान, स्नेह, र आदर देखाउनुभएकाे छ । म बढी खट्ने भएर गाह्राे हुने भएर उहाँले त्यसाे भए म उठ्छु भन्नुभएकाे हाे ।’ 

अध्यक्ष ओलीले भीम रावलले आउँदाे महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने गरेकाे घाेषणालाई सुझावका रूपमा लिनुपर्ने बताउनुभएकाे छ । ‘उहाँकाे स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यस्ताे सुझाव सबैले मन पराउँछन्’, ओलीले भन्नुभयाे । 

गएकाे आइतवार नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आउँदो महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियाे । उपाध्यक्ष रावलले विभिन्न कारण दिँदै उम्मेदवारी घाेषणा गर्नुभएकाे थियाे । 

अध्यक्ष ओलीले आफू अध्यक्षमा नउठे हुन्थ्यो भन्ने बाहिरका केही मानिसहरूको सुझाव रहेको पनि बताउनुभयो । उहाँले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने कुरालाई आफूले नरोक्ने पनि स्पष्ट पार्नुभयो । 

पार्टीको पदाधिकारी वा केन्द्रीय समितिमा आउनेहरूलाई आफूले आफूले कुनै दबाब र प्रभावमा नपार्ने अध्यक्ष ओलीको भनाइ थियो । उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताउनुभयो । 

कार्यक्रममा अध्यक्ष ओलीलाई तपाईँले बढी मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव को भनी प्रश्न गरिएको थियो । त्यसको जवाफमा उहाँले सर्वसम्मति वा सबैभन्दा बढी मत लिएर निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष वा महासचिवलाई आफूले सबैभन्दा बढी मन पराउने बताउनुभयो ।

ओलीले पार्टीका नेताहरूको व्यवस्थापनमा आफूले ध्यान नदिने बताउनुभयो । देश र नागरिककाे व्यवस्थापनमा आफूहरूको ध्यान जाने उहाँकाे भनाइ थियो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया