एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएकाे छ । आज मङ्गलवार सम्पादकहरूसँगकाे अन्तरक्रियामा अध्यक्ष ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि ठूलो प्रश्न उठेको उल्लेख गर्दै आफूले सबै न्यायाधीशले राजीनामा दिनुपर्ने अवस्था देखेको तर्क गर्नुभयाे ।
उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराप्रति सङ्केत गर्दै कुनै अमुक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण हट्ला ? भनी सम्पादकहरू सामु नै प्रश्न राख्नुभयाे । उहाँले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको उल्लेख गर्नुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ । यो बहुत दुःखद छ । र यो टाउको दुखेको औषधि नाइटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन । अमुक व्यक्ति हटिदिएपछि यो सिलसिला राेकिने उहाँहरूले ठान्नुभएकाे छ, म त सबैले राजीनामा दिनुपर्ने स्थिति देख्छु । उहाँहरूप्रति यत्रो प्रश्न उठेपछि, यत्रो सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरूले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ । अनि फलानोले राजीनामा गर्दा हुन्छ भन्नेजस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण यति एउटा कुराले हट्ला ? मलाई त्यस्तो लाग्दैन । लागेको क्यान्सर छ, कुखुराको अन्डा मन्छाउने ? कुखुराको अन्डा मन्छाएर क्यान्सर निको हुन्छ ? त्यसो भएर यसको राम्रै उपचार गर्नुपर्छ । अप्रेशन, किमो गर्नुपर्ने हुन्छ । हामी चाहन्छौँ– निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरून् ।’
अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरून् भन्ने चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले महाधिवेशनमा सार्वजनिक गाडी सीमित भएकाले त्यहीअनुसार जनसहभागिता हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।