म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – नेकपा एमालेको १० औँ महाधिवेशनका लागि अहिले चितवनको नारायणगढ बजारमा चहलपहल बढेको छ । नारागणगढको नारायणी किनारमा पर्सि एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुँदैछ ।
उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने एमालेको दाबी छ । तर, काठमाण्डौसँग जोडिएको मुख्य सडकखण्ड भएकाले महाधिवेशनका क्रममा यो सडकखण्डमा गाडीको आवागमन प्रभावित हुने भएको छ । यसैलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न तयारी थालिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार पर्सि नारायणगढ भरतपुर क्षेत्रका राजमार्ग र अन्य मुख्य शहरी क्षेत्रमा गाडी चलाउन रोक लगाइएको छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म गाडी रोकेर मानिसलाई मात्रै हिँडडुल गर्ने व्यवस्था मिलाइने छ । पूर्वबाट आउने गाडीलाई भरतपुर केन्द्रीय बसपार्क क्षेत्रमा रोकिने छ भने पश्चिमबाट आउने गाडीलाई गैँडाकोटमै रोक्ने तयारी छ ।
मुग्लिन हुँदै काठमाण्डौ, पोखराबाट आएका गाडी बजार भन्दा पर आँपटारीमा रोकिने छन् । यस्तै, पश्चिम चितवनबाट छुटेका गाडीलाई भरतपुरको त्रिचोक, बेलचोक र बाह्रघरे क्षेत्रमा रोकिने छ । महाधिवेशनका लागि पुगेका गाडी पनि त्यहीँ रोकिने छन् । महाधिवेशनका लागि सहभागीहरु दुईदेखि चार किलोमिटरसम्म हिँडेर उद्घाटनस्थल नारायणी किनार पुग्नु पर्ने हुन्छ । उद्घाटनस्थलसम्म जान नपाउनेका लागि ठाउँ–ठाउँमा डिजिटल डिस्प्ले बोर्ड राखिने छ ।
यस्तै, महाधिवेशनको उद्घाटनको दिन पर्सि बजार क्षेत्रमा अत्यावश्यक सेवाका गाडी पनि सञ्चालन गर्न कठिनाई हुने अनुमान गरिएको छ । अत्यावश्यक सेवाका गाडीलाई कसरी पास गराउने भन्ने बारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।