प्रधानन्यायाधीशको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास'

 मंसिर ९, २०७८ बिहीबार ११:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ ।

नेपाल बार एसोसिएशन र अन्य पेसागत सङ्घसंस्थाले  दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् ।

नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश जबरा विरुद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र  सम्पत्ति छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट सुरू हुने न्याय मार्चपास बालुवाटार पुगेर सकिनेछ ।

नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल इञ्जिनियर्स एसोसिएशन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलनले बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागेका हुन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया