ब्राजिलमा विमान दुर्घटना भएर बस्तीमा खस्दा पाइलटसहित १० जनाको...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – तपाईँ ई पासपोर्ट अर्थात् विद्युतीय राहदानी बनाउँदै हुनुहुन्छ र राष्ट्रिय परिचयपत्र कसरी बनाउने भन्ने सोचिरहनुभएको छ ? राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ ।
त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ । निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ ।
राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिएकै बेलामा लिन सकिन्छ ।
लामो समयका लागि वैदेशिक रोजगारीमा जाने हो भने राष्ट्रिय परिचयपत्र नै लिँदा राम्रो हुन्छ । तर तत्कालै गइहाल्ने हो भने नम्बर मात्र पाइने भएकाले समस्या हुँदैन ।
१६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको राहदानी विभागले जनाएको छ । विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूको लागि भने राष्ट्रिय परिचय पत्र नभए पनि हुन्छ ।
राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको सक्कल प्रति र विवाहित व्यक्तिको हकमा भने विवाह दर्ताको प्रमाणपत्र पनि आवश्यक पर्छ ।
परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ ।
राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रि-इनराेलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ ।
आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ ।
मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरणमा कुनै गल्ती नगर्न विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्छ ।
विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिँदैन ।
चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् ।
ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।
विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Jyoti Lama
Nov. 28, 2021, 2:29 a.m.इ पासपोर्टको लागि चाहिने रहेछ , त्यही भएर हो /
AGIG ANSARI
Nov. 27, 2021, 5:32 p.m.For E-passport
Shambhu Regmi
Nov. 27, 2021, 7:14 a.m.I need a E passport.
Nirmaya Tamang Lama
Nov. 26, 2021, 7:19 p.m.मलाई इ- पासपोर्ट चाहेकाे छ, त्यसैले मलाई परिचय पत्र दिनु होला धन्यवाद।
Parbati pahari
Nov. 26, 2021, 6:49 p.m.मलाई ई पासपोर्ट बनाउनु छ तेहि भएर मलाई परिचय पत्र दिनु हाेला
Sandeep man joshi
Nov. 26, 2021, 4:24 p.m.मलाई ई पासपोर्ट बनाउनु छ तेहि भएर मलाई परिचय पत्र दिनु हाेला
Anil Rana
Nov. 26, 2021, 2:49 p.m.म नेपाली, इ पासपोर्ट चाहिएको छ /
Suraj bhandari
Nov. 26, 2021, 1:08 p.m.इ पासपोर्ट चाहिएको छ / त्यसैले परिचय पत्र प्रदान गर्नुहोला /
Yubaraj bhandari
Nov. 25, 2021, 4:15 p.m.मलाई ई पासपोर्ट बनाउनु छ तेहि भएर मलाई परिचय पत्र दिनु हाेला
Badal Khanal
Nov. 26, 2021, 8:31 p.m.मलाई नि बनाउनुछ /
Surendra sapkota
Nov. 26, 2021, 6:34 p.m.Good