प्रधानन्यायाधीशको राजीनामा माग्दै सिंहदरबारदेखि बालुवाटारसम्म 'न्याय मार्च'

 मंसिर ९, २०७८ बिहीबार १६:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएशनसहित पेसागत सङ्गठनले सिंहदरबारदेखि बालुवाटारसम्म ‘न्याय मार्च’ गरेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै झन्डै दुई महिनादेखि आन्दोलनमा रहेको नेपाल बार एसोसिएशनलाई अरू पेसागत सङ्गठनले पनि साथ दिएका छन् । आजको ‘न्याय मार्च’ मा सहभागी विभिन्न पेसा र व्यवसायमा आबद्ध व्यक्तिहरूले प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा रहुञ्जेल न्याय मरिरहने र विकृत अवस्था जारी रहने भएकाले राजीनामा नै एकमात्र विकल्प रहेको बताएका छन् ।

सिंहदरबारबाट बालुवाटार पुगेको मार्च कोणसभामा परिणत भएको थियो । सभामा शिल्पी नाट्य समूहले नाटक प्रस्तुत गरेको छ ।

सभामा सर्वोच्च बार एसोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश राणाको बहिर्गमन पक्का भएको र छिटै यसको औपचारिक घोषणा हुने बताउनुभयो । उहाँले जबराको सम्पत्ति पनि छानबिन हुने बताउनुभएको छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया