एमालेमा नेतृत्वको लागि सर्वसम्मतिको प्रयास, दुई उपाध्यक्ष र दुई उपमहासचिव थप

 मंसिर १०, २०७८ शनिबार ५:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतिको प्रयास भएको छ । सौराहामा आज सुरु हुने बन्द सत्रअघि गएराति बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीमा संख्या थप्ने लगायतका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यस अनुसार अबको कमिटीको आकार ३०१ सदस्यीय बन्नेछ । गएको असोजमा काठमाण्डौको गोदावरीमा भएको विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । विधान महाधिवेशनले पारित गरेको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थाबाट अब १९ सदस्यीय पदाधिकारीसहितको हुनेछ। 

अब नेकपा एमाले ३०१ केन्द्रीय सदस्यीय रहनेछन् । यस्तै ९९ जना पोलिटब्युरो र ४५ जना स्थायी कमिटी सदस्यको रुपमा रहनेछन् । साथै १९ जना पदाधिकारी हुने ओलीको प्रस्ताव पारित भएको छ । जसमध्ये १ अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष र ६ अरु उपाध्यक्ष रहनेछन् । साथै १ महासचिव र ३ उपमहासचिव रहनेछन् । यस्तै ७ जना सचिव रहनेछन् ।

अब एकै पदमा तीन पटकसम्म उम्मेदवार बन्न पाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । यसअघि गोदावरी विधान महाधिवेशनले दुई पटकसम्म मात्रै उठ्न पाउने व्यवस्था गरेको थियो ।

यसैबीच सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी भइरहँदा उपाध्यक्ष भीम रावलले भने अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहने बताउनुभएको छ । बन्द सत्र सुरु भएपछि उम्मेदवारी दिने उहाँले बताउनुभएको हो।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया