म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - देशका धेरै ठाउँको वायु प्रदूषण बढेको छ । विराटनगर, सिमरा, कीर्तिपुर, रत्नपार्क, पोखरा र धनगढीमा वायु प्रदूषण निकै बढेको छ ।
सिमराको प्रदूषण १ सय ९६ एक्यूआई, विराटनगरको १ सय ८१, कीर्तिपुरको १ सय ५६, रत्नपार्कका १ सय ५७ र धनगढीको १ सय ५४ एक्यूआईसम्म पुगेको त्यहाँ रहेका स्टेसनहरुले देखाएका छन् । यो विश्व स्वास्थ्य सङ्गठनले भनेको स्वस्थ वायुको मापदण्डभन्दा निक्कै धेरै हो ।
सङ्गठनका अनुसार स्वस्थ एक्यूआई ५० भन्दा तल हुनुपर्छ । नेपाल सरकारले भने त्यसलाई एक सयभन्दा तल निर्धारण गरेको छ । एक्यूआई २ सयभन्दा धेरै भएमा स्वास्थ्यका लागि अति जोखिमपूर्ण मानिन्छ । वायु प्रदूषण अझै बढ्न नदिनका लागि जङ्गलमा डढेलो नलगाउन, फोहोर नबाल्न सचेतनाका कार्यक्रमहरु सुरु गरिएको वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले बताउनुभयो ।
गएको वर्षको हिउँदमा प्रदूषण उच्च भएर विद्यालयसमेत बन्द गर्नुपरेको भन्दै त्यस्तो अवस्था आउन नदिनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । त्यही कारण वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।