डलरको भाउ घट्यो, युरो स्थिर
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – पोखराबाट झण्डै दुई लाख अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–९ शिवालय चोक बस्ने मुस्ताङ लो–घेकर दामोदर कुण्ड गाउँपालिका–१ घर भएका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङ १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पक्राउ परेका प्रहरीले जनाएको छ ।
कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले उनलाई काठमाण्डौबाट पोखरा जाँदै गरेको गाडी जाँच गर्ने क्रममा पोखरा महानगरपालिका–३३ गगनगौंडाबाट अमेरिकी डलर सहित पक्राउ गरेको र आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।