आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै - भूकम्पले क्षति गरेकोमध्ये ५२ प्रतिशत सम्पत्ति पूर्णरुपमा पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।
२०७२ सालको भूकम्पपछि क्षतिग्रस्त सम्पतिको पुनरुत्थान सम्बन्धी अनुसन्धान प्रतिवेदनमा अहिलेसम्म ५२ प्रतिशत सम्पत्ति पूर्णरुपमा पुनरुत्थान र ४८ प्रतिशत आधा मात्रै पुनरुत्थान भएको उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिएको हो । सम्पत्तिको पुनरुत्थानमा घर पुनर्निर्माण गर्न ९० प्रतिशत प्राधिकरणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ।
रेमिट्यान्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पत्ति बेचेर र ८५ प्रतिशत विभिन्न संघसंस्थाले दिएको सहयोगमार्फत पुनरुत्थान गरेको उल्लेख छ । त्यस्तै पुनरुत्थानपछि सम्पत्तिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भूकम्पपछि ५ लाख ४ हजार रहेको सम्पत्ति अहिले ४ गुणाले बढेर २२ लाखसम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसरी मूल्य बढ्नुमा भूकम्प भन्दा अगाडि सडक नपुगेका ग्रामीण क्षेत्रमा समेत सडक बाटो पुगेकाले तथा सामाजिक अर्थतन्त्रमा आएको परिवर्तन र बजारको विस्तारले सम्पत्तिको मूल्य ४ गुणाभन्दा बढीले बढेको छ ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा पुनर्निर्माण प्राधिकरणका विष्णु भण्डारीले भूकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुसन्धान भए पनि अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्त्वपूर्ण दस्ताबेज भएको बताउनुभयो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भूकम्पपछि सम्पत्तिको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भए पनि अनुसन्धान प्रतिवेदन आएको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।