इङ्ग्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा

 मंसिर १२, २०७८ आइतबार ६:४३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० गोलले हराएको हो ।

लिभरपुलका डिएगो जोटाको दुई तथा थियागो अलकान्तारा र भर्जिल भान डाइकले समान एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै जोटाको गोलबाट लिभरपुलले अग्रता लिएको थियो । ३२ औँ मिनेटमा जोटाले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । त्यस्तै ३७ औँ मिनेटमा अलकान्ताराले गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

५२ औँ मिनेटमा भान डाइकले एक गोल थपे । यो जितसँगै लिभरपुल १३ खेलबाट २८ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको चेल्सीको १२ खेलमा २९ अङ्क छ । साउथह्याम्टन १४ अङ्कसहित १४ औँ स्थानमा छ ।

त्यस्तै अर्को खेलमा उल्भ्स र नर्विच सिटीले गोलरहित बराबरी खेलेका छन् । एस्टन भिल्लाले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ । गएराति नै भएको अर्को खेलमा ब्राइटन र लिड्सले गोलरहित बराबरी खेलेका छन् ।

इङ्ग्लिस प्रिमियर लिगमा हिजो भएको खेलमा आर्सनलले न्युक्यासललाई २–० गोलले हराएको छ । घरेलु टोलीको जितमा बुकायो साका र गाब्रियल मार्टिनेलीले गोल गरे । साकाले खेलको ५६ औँ मिनेटमा र गाब्रियलले ६६ औँ मिनेटमा गोल गरे ।

जितपछि आर्सनल १३ खेलबाट २३ अङ्कसहित पाँचौँ स्थानमा छ । न्युक्यासल ६ अङ्कका साथ पुछारमा छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया