टी–२० विश्व कप एसिया छनोट : ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई राम्रो रनरेटमा जित्नुपर्ने

 मंसिर १२, २०७८ आइतबार ७:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दैछ ।

नेपाल र यूएईबीचको खेल दुबईमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा पुग्न नेपालले यूएईलाई जित्नुपर्ने र नेट रनरेटमा समेत भर पर्नुपर्ने अवस्था छ । चार खेल खेल्दा यूएईको आठ अङ्कसहित दुई दशमलव ३९८ को रनरेट छ । नेपालको तीन खेलमा ६ अङ्कसहित दुई दशमलव ०८८ को रनरेट छ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । अङ्क तालिकामा शीर्ष हुने टोली ग्लोबल छनोटमा पुग्नेछ । चारमध्ये तीन खेल जितेको हङकङको पनि समान ६ अङ्क नै छ । तर नेट रनरेटमा हङकङभन्दा नेपाल अगाडि छ । ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले आज अन्तिम खेल कुवेतसँग खेल्दैछ ।

पहिलो खेलमा हङकङसँग पराजित भएपछि नेपाली महिला टोलीलाई यूएईसँगको खेल निर्णायक बनेको हो । अन्तिम खेलमा हङकङले कुवेतलाई ठूलो अन्तरले हराउने र नेपालले यूएईलाई झिनो अन्तरले हराएको खण्डमा हङकङको सम्भावना कायम छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया