कांग्रेसकाे निर्वाचन समिति संयाेजकमा घिमिरे

 मंसिर १२, २०७८ आइतबार १४:१६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् । संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएपछि निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संयोजकमा नियुक्त गर्नुभएको हो ।

केही ठाउँमा विवाद आएपछि महादेवप्रसाद यादवले निर्वाचन समितिकाे संयाेजकबाट सभापति देउवा समक्ष राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरेर घिमिरेलाई नियुक्त गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसको डडेल्धुरा अधिवेशनमा ठूलो विवाद आएपछि संयोजक यादवले राजीनामा दिनुभएको हो । निवर्तमान जिल्ला सभापति कर्ण मल्ल पक्षको विरोधकै बीच जिल्ला अधिवेशन सम्पन्न गराएको भन्दै चौतर्फी विरोध भएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन नजिकै आइरहेको अवस्थामा निर्वाचन समितिकै संयोजक परिवर्तन हुनुलाई महत्त्वका साथ हेरिएको छ । कांग्रेसको महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा हुँदैछ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया