इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई हरायाे

 मंसिर १३, २०७८ सोमबार ६:३०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई हराएकाे छ ।

सिटीले वेस्ट ह्याम युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले एक/एक गोल गरे ।

वेस्ट ह्यामका म्यानुएल लान्जिनीले एक गोल गरे ।

जितसँगै सिटी १३ खेलमा २९ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २३ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यस्तै, गएराति भएको अर्को खेलमा लेस्टर सिटीले वाट्फोर्डलाई ४–२ गोल अन्तरले पराजित गरेको छ भने ब्रेन्टफोर्डले एभर्टनलाई १–० गोल अन्तरले हराएको छ ।

बर्नली र टोटेनह्यामको खेल भने स्थगित भएको छ। 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया