एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
चितवन – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभएको हो ।
आज मङ्गलवार चितवनको साैराहामा नेतृत्व चयनका लागि भएको मतदान सकिएलगत्तै उहाँले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी नदिएको दोहोर्याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पार्नुभयो ।
अध्यक्षका उम्मेदवार रावलले भन्नुभयो, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अरूमा त मैले भरेकै छैन । अब प्रतिनिधिहरूले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि मेरा लागि । त्यो त केही छैन ।’
रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराउनुभयो । उहाँले महाधिवेशनको मत परिणाम दुई घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताउनुभयो । रावलले पार्टीकाे दशाैँ राष्ट्रिय महाधिवेशनमा निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Uday Saud
Nov. 30, 2021, 7:44 p.m.पाएको बरिस्ठ उपाध्यक्ष वा उपाध्यक्ष पद त्यागी, हार्नेछु भन्दाभन्दै ओलि को जथ्था सग भिडन तयार राबलको बहादुरिलाइ सलाम छ🙏🙏