इजरायल रोजगारीका लागि छनौट भएकाहरूलाई भिसाको प्रक्रिया थाल्न तीन वर्ष पासपोर्टको म्याद अनिवार्य

 मंसिर १४, २०७८ मंगलबार १४:४:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआइबीएले छनौट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त हुनेहरुको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ । 

वैदेशिक रोजगार विभागका अनुसार छनौट भएर रोजगारदाताबाट स्ट्याडर्ड इम्प्लोइमेन्ट कन्ट्रायाक्ट प्राप्त हुने उम्मेदवारहरूको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा पासपोर्टको म्याद अनिवार्य रूपमा तीन वर्षको हुनु पर्नेछ । 

इजरायल र नेपाबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनु पर्ने प्रावधान रहेको छ ।

त्यसैले २०२५ जनवरी ३१ भन्दा यता पासपोर्टको म्याद सकिनेहरूले काठमाण्डौमा रहेको राहदानी विभागबाट आफ्नो पासपोर्ट नवीकरण गराउन सकिन्छ । पासपोर्ट नवीकरण गराई अबको पाँच दिन भित्र विभागको इजरायल शाखामा सम्पर्क गर्न विभागले सूचना जारी गरेको छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया