खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले आज मङ्गलवार पद तथा गोपनियताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सिंहदरबारमा रहेकाे मन्त्रालयमा घिसिङलाई शपथ गराउनुभएको हो ।
मन्त्रिपरिषद्को हिजाे सोमवारको बैठकले घिसिङलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो । उहाँ चार वर्षका लागि नियुक्त हुनुभएको हो । घिसिङ नेपाल रग्बी सङ्घका अध्यक्ष हुनुहुन्थ्यो । उहाँले आजै राखेपमा पनि पदभार ग्रहण गर्नुभएको छ ।
राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले राष्ट्रिय टोलीको सुधारलाई जोड दिने जनाउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई कसरी सफलता दिलाउन सकिन्छ, त्यस विषयमा विशेष ध्यान दिने बताउनुभयो । उहाँले राष्ट्रिय टिम निर्माणका लागि आवश्यक तयारी रोकिएको र त्यसलाई सञ्चालन गर्ने तथा खेलाडीलाई बीमा गर्ने नीति कार्यक्रम नभएकाले यसलाई अगाडि बढाउने निर्णयसमेत आफूले गर्ने तयारी गरेको सुनाउनुभयो ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव हुनुहुन्छ । यसअघि गएकाे वर्ष असारमा ऐन लागू भएपछि रमेश सिलवाल पहिलो सदस्य सचिवका रूपमा नियुक्त हुनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।