डडेल्धुरा कांग्रेसकाे अनशन स्थगित

 मंसिर १४, २०७८ मंगलबार २०:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस डडेल्धुराका नेता/कार्यकर्ताले डडेल्धुरामा गरिएकाे वडा र पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गर्दै आएकाे अनशन स्थगित गरेका छन् ।

आज मङ्गलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता/कार्यकर्ताले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढङ्गले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै यही मङ्सिर १ गतेदेखि अनशन सुरु गरेका थिए ।

उपसभापति निधिले अनशनरत नेता/कार्यकर्ताको माग पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनमा नागरिककाे बीचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो ।

उपसभापति निधिले डडेल्धुरामा उजुरी छानबिन नगरि वडा/पालिकाको अधिवेशन गरिनु गम्भीर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेता/कार्यकर्ताको माग र आग्रहप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया