खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – बहराइनको मानामा शहरमा हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झण्डा पारा ओलम्पियन पलेशा गोवर्द्धन श्रेष्ठले बोक्ने भएकी छन् ।
भोलिदेखि सुरु हुने एसियन युथ पारा गेम्स २०२१ को मार्च पासमा ओलम्पियन पलेशाले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी हुन् । पलेशासँगै ब्याडमिन्टनका प्रकाश अधिकारी पनि मार्च पासमा सहभागी हुनेछन् । एसियन युथ पारा गेम्समा ४४ देशका १ हजार भन्दा धेरैको सहभागिता रहनेछ । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टन गरी चार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । पारा तेक्वान्दोबाट पलेशा गोवर्द्धन श्रेष्ठ, सिर्जना घिसिङ र विशाल गर्वुजा तथा पारा ब्याडमिन्टनबाट प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।
पारा तेक्वान्दोको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् भने व्यवस्थापक नन्दा बस्याल रहेकी छन् । एसियन युथ पारा गेम्स डिसेम्बर ८ सम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।