म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गर्नुभएको छ । मन्त्री पौडेलले आज बुधवार काठमाण्डाैकाे जमलमा रहेकाे दरबार हाई स्कुलको अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा उहाँले कक्षा कोठामा भइरहेको शिक्षण सिकाइका बारेमा शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो । मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले विद्यालयहरूको अनुगमनको काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताउनुभयो ।
मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाइ प्रक्रियामा सुधार ल्याउन कडा मेहनत गर्न पनि शिक्षकहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाइ र शिक्षण सिकाइसँग सम्बन्धित आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने गरी हामी अगाडि बढ्छौँ । र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमी कमजोरीलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाइसँग सम्बन्धित प्रविधिहरू छ कि छैन ? सिकाइको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुरालाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौँ ।’
त्यस अवसरमा संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।