म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
उहाँले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने बताउनुभयो । प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन, देशमा लगानीको वातावरण अझै सहज बनाउन र व्यवसायको लागत घटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार र निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ, त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन, निजी क्षेत्र र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ । अर्थतन्त्रमा कोभिड १९ को एकदमै प्रभाव परेको छ। विगत दुई वर्षमा देशकाे अर्थतन्त्रमा निकै ठूलो समस्या पर्याे । आर्थिक वृद्धिदर पनि कम भयो । यो सबै कोभिडकै कारणले हो भन्ने कुरा स्पष्ट भइसकेको छ । तर आउने दिन सधैँ अफ्ठ्यारो हुँदैनन् होला । कोभिड १९ को महामारी सकिए, नसकिए पनि हामी सामान्य अवस्थातिर आउँदैछौँ । अब आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बढाउन सरकार प्रतिबद्ध छ । देशमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन, सरकार कुनै कसर बाँकी राख्दैन । यसका लागि देशमा वृहत् रूपमा दोस्रो चरणको आर्थिक सुधार गर्न आवश्यक छ भन्ने मलाई लाग्दछ । तेस्रो चरणको सुधार किन आवश्यक छ र कुन क्षेत्रमा सेजनले आफ्ना प्रयास अघि बढाउनेछ भन्ने विश्वास लिएको छु । छोटो समयमा देशको मुहार फेर्ने गरी विकास गर्नुपर्छ, सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन । बरू आवश्यक नियमन र सहजीकरणको पक्षमा छ । त्यसैले देश तथा विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईँहरूको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ, त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’
प्रधानमन्त्री देउवाले छोटो समयमा देशकाे मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।