‘नेकपा एमाले देशकाे नेतृत्व गर्न सक्षम छ’

 मंसिर १५, २०७८ बुधबार १५:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका नेताहरूले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले देश र नागरिककाे समस्या समाधान गर्ने गरी देशको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् । 

नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दशौँ महाधिवेशनले देशको समस्या समाधान गर्दै नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन् । 

हिजाे मङ्गलवार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले देशमा विद्यमान राष्ट्रिय मुद्दालाई देश र नागरिककाे हितमा समाधान गर्ने गरी आफ्नो पार्टीले देशमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश याे महाधिवेशनले दिएको बताउनुभयो । उहाँले नेकपा एमालेप्रति नागरिककाे अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताउनुभयो । 

एमालेका अर्का सचिव पदमा अर्यालले नेपाली नागरिकका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टीमात्रै भएको सन्देश महाधिवेशनले दिएको बताउनुभयो । उहाँले त्यसका लागि नयाँ सङ्कल्प र पार्टीभित्रको नयाँ एकताका साथ अघि बढ्नुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दाबी गर्नुभयो । 

नवनिर्वाचित केन्द्रीय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले देशकाे नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताउनुभयो । उहाँले केपी ओलीले अघि सार्नुभएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारीसमेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया