साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता लोकेन्द्रबहादुर चन्दले मालेका महासचिव सीपी मैनाली राप्रपामा आए स्वागत गरिने बताउनुभएकाे छ । नेता चन्दले काठमाण्डाैमा पार्टीकाे एकता महाधिवेशन उद्घाटनका क्रममा आज बुधवार यस्ताे बताउनुभएकाे हाे ।
‘यहाँ सीपीजी राप्रपाको अध्यक्ष हुन चाहनुहुन्छ कि भन्ने कुरा पनि आयो, उहाँ आउनुभयो भने हामी स्वागत गर्छाैँ’, चन्दले हाँस्दै भन्नुभयो ।
यसअघि यही कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मैनालीलाई राप्रपाकाे अध्यक्ष बन्न आउनुभएकाे हाे कि भन्दै कटाक्ष गर्नुभएकाे थियाे । त्यस्ताे जवाफमा नेता चन्दले मैनाली आफ्नाे पार्टीमा आए स्वागत गरिने बताउनुभएकाे हाे ।
आजदेखि सुरु भएकाे राप्रपाकाे एकता महाधिवेशन पर्सि शुक्रवारसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।