साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आज बुधवार नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले दिएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको हो । उहाँले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्य प्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताउनुभयो । उहाँले न्यायपालिकाको समस्यालाई राजनीतिक दलहरूले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुने बताउँदै यो विन्दु न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने गरी अघि बढ्ने बताउनुभयो ।
अध्यक्ष दाहालले न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको विन्दुभन्दा टाढा जान नसक्ने प्रष्ट पार्नुभयो । उहाँले न्यायपालिकाको समस्या समाधानको कुरा मात्रै नभइ यो आन्दोलन ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुन सक्ने बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र राज्य प्रणालीसँग सम्बन्धित कुरा हो । यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुन सक्छ । न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने विन्दु यो हुन सक्छ । यो सामान्य छैन । यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो । अब नेपालले के गर्छ भन्ने कुरा पूरा विश्वले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ । म यूएन मिसनसँग कुरा गर्दैछु, त्यहाँ पनि यसको कुरा उठेकाे छ । हाम्रो धैर्यताको पनि एउटा विन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौँ भनिसकेका छौँ। यो समस्या समाधानको मात्रै होइन, ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुनसक्छ यो आन्दोलन ।’
अध्यक्ष दाहालले अहिले सभामुख बाहिर जानुभएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।