इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी

 मंसिर १६, २०७८ बिहीबार ७:९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए ।

चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी दोस्रो स्थानमा यथावत छ । सिटीको १४ खेलमा ३२ अङ्क छ । एस्टन भिल्ला १६ अङ्कसहित १३ औं स्थानमा छ ।

अर्को खेलमा एभर्टनलाई लिभरपुलले ४–१ गोल अन्तरले हराएको छ । लिभरपुलको १४ खेलमा ३१ अङ्क भएको छ । एभर्टनको १६ खेलमा १४ अङ्क छ । आज बिहान भएका अरु खेलमा साउथह्याम्पटन र लेस्टर सिटी, उल्भ्स र बर्नली तथा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।

साउथह्याम्पटन र लेस्टरले २–२, वेस्टह्याम र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नली १३ खेलमा १० अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । उल्भ्सको १४ खेलमा २१ अङ्क भएको छ । उल्भ्स छैटाैँ स्थानमा कायमै छ । १४ खेलमा १० अङ्क रहेको नर्विच सिटी १९ र समान खेलमा ७ अङ्क रहेको न्युक्यासल पुछारमा छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया