रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान शुरू...
पुस ८, २०८१ सोमबार
काठमाण्डाै – त्रिभुवन विमानस्थलकाे अन्तर्राष्ट्रिय टर्मिनलभित्र वैदेशिक राेजगारीमा जाने श्रमिकहरुकाे लागि विश्राम कक्षकाे निर्माण गरिएकाे छ । हिजाे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्राम कक्षकाे उद्घाटन गर्नुभएकाे हाे ।
वैदेशिक श्रम गन्तव्यमा जाने नेपाली श्रमिकहरुलाई श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी विश्राम कक्ष बनाइएकाे हाे । ३० जना जति अट्ने गरि बनाइएकाे कक्षमा फ्री वाइफाइ, चार्जिङ प्वाइन्ट, टिभी, खानेपानी र उडानबारे थाहा पाउन डिजिटल डिस्प्लेकाे व्यवस्था गरिएकाे छ । श्रमिक कुनै समस्यामा परेमा फाेन गर्नुपरेमा फाेनकाे पनि व्यवस्था गरिएकाे छ ।
विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले नेपाली श्रमिककाे लागि विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताउनुभयो । नेपाली श्रमिक विदेशी देशको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर उनीहरूका लागि राज्यबाट विदेश जानका लागि समेत कुनै सुविधा प्रदान नगरेको भन्दै आफूले सके जति सेवा दिने प्रयास गरेकाे उहाँकाे भनाइ थियाे ।
यस्तै विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा हिजैदेखि शटल बस सेवा पनि सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीन वटा माइक्रोबसलाई शटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।