कुवेत : राजदूतसहितकाे टाेलीद्वारा नेपाली श्रमिक कार्यरत कम्पनीकाे स्थलगत भ्रमण

 मंसिर १६, २०७८ बिहीबार १२:३१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुवेतमा रहेकाे नेपाली दूतावासले नेपाली श्रमिकहरु कार्यरत कम्पनीकाे स्थलगत भ्रमण गरेकाे छ ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीको नेतृत्वमा दूतावासका मिनिष्टर काउन्सेलर प्रकाशमणि पौडेल र श्रम सहचारी हेमकुमार अधिकारी समेत संलग्न रहेको टोलीले हिजाे त्यहाँकाे नेपाली श्रमिक कार्यरत कम्पनी 'ल्याण्ड मार्क'को भ्रमण गर्नुभएकाे हाे । दूतावासका अनुसार भ्रमणमा कम्पनी व्यवस्थापन तथा नेपाली कामदारसँग भेटघाट तथा छलफल गरिएकाे छ ।

कुवेतका कम्पनीमा कार्यरत नेपालीहरूको रोजगारीको अवस्था, सेवासुविधा, कार्यस्थलको भौतिक अवस्थासमेत बुझ्नु र श्रमिकहरूले थाहा पाउनै पर्ने महत्वपूर्ण विषयमा जानकारी उपलब्ध गराउनु भ्रमणकाे उद्देश्य रहेकाे दूतावासले जनाएकाे छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया