कांग्रेसमा प्रदेश नेतृत्व चयनका लागि प्रक्रिया सुरु : प्रदेश-२ मा अधिवेशन अनिश्चित

 मंसिर १७, २०७८ शुक्रबार ८:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कांग्रेसको महाधिवेशन अन्तर्गत सातमध्ये ६ वटा प्रदेशमा नेतृत्व चयनका लागि प्रक्रिया सुरु भएको छ ।

हिजो एकैसाथ अधिवेशन उद्घाटन गरिएका ६ वटा प्रदेशमा आजदेखि चुनावी प्रक्रिया सुरु भएको हो । प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो।

हिजो प्रदेश-१ मा विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । तर केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । प्रदेश-१ मा १७ सय ७०, वाग्मतीमा २१ सय ३७, गण्डकीमा ११ सय ५३, लुम्बिनीमा १६ सय ४२, कर्णालीमा ७ सय ४९ र सुदूरपश्चिममा ९ सय ८७ जना मतदाता छन् ।

त्यस्तै अधिवेशन उद्घाटन भए पनि प्रदेश-२ मा अधिवेशन अनिश्चित भएको छ । प्रदेश-२ मा मुख्य गरी सर्लाहीमा विवाद छ । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिन पाउँछन् ।

सङ्घीयता लागू भएपछि कांग्रेसले पहिलो पटक प्रदेश तहमा नेतृत्व चयन गर्न लागेको हो । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो एकैसाथ प्रदेश अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाण्डौमा हुँदैछ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया