भीमसेन मन्दिरको छानो छाउनका लागि श्रमदान आह्वान

 मंसिर १८, २०७८ शनिबार १५:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुरको मंगलबजारमा रहेकाे ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । ​

भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो ।

‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनु भयो । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ । अहिले मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा सहभागी हुनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिनु भयो । उहाँले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गर्नु भयो ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया