राप्रपाको पदाधिकारीमा थापा पक्षको वर्चस्व, खुल्ला उपाध्यक्षमा विक्रम पाण्डेकाे सर्वाधिक मत

 मंसिर १९, २०७८ आइतबार ८:६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी हुनु भएको हो ।

लिङ्देनले १८ सय १७ मत पाउनु भएको छ भने थापाले १६ सय १७ मत पाउनु भएको छ । पदाधिकारीमा भने थापा पक्षको वर्चस्व छ । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँले दुई हजार ५ सय २१ मत पाएका राप्रपाको निर्वाचन आयोगले जनाएको छ ।  यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर विजयी हुनु भएको छ भने थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी हुनु भएको छ ।

महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी हुनु भएको छ । उहाँले १ हजार ६ सय ८९ मत पाउनु भएको छ । महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी हुनु भएको छ भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी हुनु भएको छ ।

यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी हुनु भएको छ । उहाँले दुई हजार ८ मत पाउनु भएको छ । लिङ्देन पक्षकी रेखा थापा भने पराजित हुनु भएको छ । थापाले १ हजार ६ सय ४० मत ल्याउनु भएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया