कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षा आउँदाे माघ २ र ३ गते हुने

 मंसिर १९, २०७८ आइतबार १५:१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कक्षा १२ को ग्रेड वृद्धि अर्थात् पूरक परीक्षा आउँदाे माघ २ र ३ गते हुने भएको छ । बोर्डले गएको शुक्रवार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने भएका हुन् ।

बोर्डले सूचना जारी गर्दै अन्य सबै विषयमा 'सी प्लस' वा त्यसभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा 'सी' वा 'डी प्लस' ग्रेड प्राप्त गरेका परीक्षार्थीले दुई वा तीनमध्ये कुनै एक विषयमा ग्रेड वृद्धि परीक्षा दिनसक्ने जनाएको छ । अन्य सबै विषयमा 'डी प्लस' वा त्यो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा 'डी' वा 'ई' ग्रेड प्राप्त गर्ने वा अनुपस्थित भएका परीक्षार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्ने जनाएको छ ।

परीक्षामा सामेल हुन चाहने विद्यार्थीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकबाट प्रमाणित गराइ आउने पुस १८ गतेभित्र आवेदन फारम भरिसक्नु पर्नेछ । विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गतेसम्ममा फारम विद्यालयमा बुझाउनुपर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी सम्बन्धित विद्यालयले विद्यार्थीहरूद्वारा भरिएको फारम २६ गतेसम्म बोर्डका कार्यालयहरूमा बुझाउनु पर्नेछ । परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

२०७८ माघ २ गते अनिवार्य अङ्ग्रेजी (००४), एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय र ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयमा परीक्षा हुने बोर्डले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया