साना जलविद्युत् आयोजना अनुमतिपत्रकाे ३५ वर्षे बन्देज हटाउन माग
माघ २, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपतिशम्शेर राणाले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टीको एकता महाधिवेशनमा चुनावद्वारा नेतृत्व चयन भएको उल्लेख गर्दै उहाँले याे परिणामलाई स्वीकार गरेर पार्टीका सबै नेता, कार्यकर्ता अघि बढ्नुपर्ने बताउनुभएको हो ।
आज आइतवार काठमाण्डाैमा आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले चुनावकाे परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनुभयो ।
निवर्तमान अध्यक्ष राणाले पार्टीको लक्ष्य प्राप्तिका लागि सशक्त ढङ्गले अघि बढ्न पनि पार्टीको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले चार दिनअघि भनेको थिएँ– सकभर सर्वसम्मति गरौं । हुन सकेन भने परिणाम स्वीकार गरौँ भनेको थिएँ । म त्यो परिणाम स्वीकार गर्छु । साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । एउटै कुरा छ, साथीहरू बाटो सजिलो छैन । बाटो अत्यन्त कठिन छ, तपाईँहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमानदारिता र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्यमा नयाँ नेतृत्वलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’
निवर्तमान अध्यक्ष राणाले राप्रपालाई नयाँ नेतृत्वले देशको वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।