नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।
सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ ।
तर, सुकीले यो आरोपको खण्डन गर्दै आउनु भएको छ । यदि सुकीमाथि लागेका सबै आरोपमा अदालतले दोषी ठहर्याए उहाँलाई आजीवन कारावासको सजाय हुन सक्ने बीबीसीले जनाएको छ ।
गएको फेब्रुअरी १ तारिखमा सत्ता हातमा लिँदै सुकीलाई सेनाले नजरबन्दमा राखेको थियो । त्यसयता म्यानमारमा सैन्य 'कु' को विरोधमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सेनाले बल प्रयोग गर्दै आएको छ ।
विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।