महाधिवेशनमा धेरै मानिस जम्मा गर्दैनाैँ, नागरिकलाई दुःख दिँदैनाैँ : देउवा

 मंसिर २०, २०७८ सोमबार १६:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औँ महाधिवेशनमा धेरै मानिस जम्मा गरेर शक्ति प्रदर्शन नगर्ने बताउनुभएको छ ।

आज साेमवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले महाधिवेशनको उद्घाटनमा नागरिकलाई दुःख दिने गरी भिडभाड नगर्ने बताउनुभएको हो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले आफूले पार्टीको विधानअनुसार एक पटक फेरि सभापतिमा उम्मेदवारी दिने बताउँदै सहयोगका लागि सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री पनि रहेको र एक पटक फेरि सभापति जितेमा अझै राम्रो गर्ने उल्लेख गर्नुभयो ।

आफू अहिले गठबन्धनका तर्फबाट प्रधानमन्त्री रहेको अवस्थामा फेरि सभापति हुँदा पार्टी र सरकारले राम्रो गर्ने उहाँको भनाइ थियो । साथै उहाँले आफू सभापति बन्ने यो मौका अन्तिम पटक भएको र त्यसपछि विधानले नै सभापति बन्न रोक्ने अवगत गराउनुभयो ।  

प्रधानमन्त्री देउवाले फरक प्रसङ्गमा सत्ता गठबन्धन दलहरूबीच चुनावी गठबन्धन तत्काल राष्ट्रिय सभा सदस्य चुनावसम्मका लागि तय भएको र बाँकी चुनावमा के गर्ने भन्ने सम्बन्धमा छलफल हुन बाँकी रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया