म्यानमारबाट २ जना नेपालीकाे उद्धार
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घ (यूएन) ले नेपालले गरिबी उन्मूलनमा उल्लेख्य प्रगति गरे पनि अझै कैयौँ (धेरै) काम गर्न बाँकी रहेको जनाएको छ ।
राष्ट्र सङ्घीय मानव अधिकार विशेषज्ञ ओलिभर डी शटरले ११ दिने नेपाल भ्रमणको अनुभवका आधारमा गरिबी न्यूनीकरणमा सरकारले गरेका वाचाअनुसारका काम अझै पूरा नभएको जनाउनुभएको हो । सन् २०१४ देखि २०१९ सम्म नेपालले १२ दशमलव ७ प्रतिशतले बहुआयामिक गरिबी घटाउन सफल भए पनि अझै धेरै काम गर्न बाँकी रहेको शटरले बताउनुभएको छ । विशेषगरी महिला, दलित र पछाडि पारिएका समुदायमा गरिबी घटाउन चुनौती रहेको भन्दै शटरले भूमिहीन र दलितहरूलाई भूमि वितरण र अवसरको कमी मुख्य समस्या रहेको बताउनुभएको छ ।
११ दिने नेपाल बसाइका क्रममा विभिन्न प्रदेशको भ्रमण तथा संवैधानिक आयोग र मन्त्रीहरूसँग भेटघाट गर्नुभएका विशेषज्ञ शटरले सन् २०२४ सम्म बहुआयामिक गरिबीलाई ११ दशमलव ५ प्रतिशतमा झार्न सरकारले अझै धेरै काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपालमा ८० प्रतिशत श्रमिक अनौपचारिक क्षेत्रमा रहेकाले उनीहरूले दुर्व्यवहार भोग्नुपरेको, सामाजिक सुरक्षा कोषमा समावेश नभएको र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी नभएको राष्ट्र सङ्घको ठहर छ ।
सामाजिक सुरक्षा कार्यक्रम वृद्धवृद्धामा मात्रै केन्द्रित हुँदा बालबालिका र अन्य उमेर समूहका व्यक्ति अवसरबाट छुटिरहेको पनि मानव अधिकार विशेषज्ञ शटरको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हरेक वर्ष एक सय दिनको काम दिने भने पनि त्यसमा खर्च भएको रकमअनुसारको प्रगति नदेखिएको उहाँले बताउनुभयो ।
एउटा पालिकामा नाम दर्ता गरेपछि अर्को पालिकामा पनि गएर काम गर्न पाउनुपर्ने, सीप विकासका कार्यक्रम हुनुपर्ने, सडक बनाउने र सफा गर्ने तथा अन्य कडा श्रमका कामबाहेक सृजनात्मक काम गर्न सकिने र महिलाको पहुँच बढाएमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुन सक्ने मानव अधिकार विशेषज्ञ शटरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।