माओवादी केन्द्रले प्रदेश पदाधिकारी सङ्ख्या बढाउने

 मंसिर २३, २०७८ बिहीबार १६:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको सङ्ख्या बढाउने भएको छ । आज बिहीवार बसेकाे माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश पदाधिकारीको सङ्ख्या नाै बनाउने निर्णय गरेको हो ।

प्रदेश पदाधिकारीमा अध्यक्ष एक जना, उपाध्यक्ष तीन जना, सचिव एक जना, सहसचिव तीन जना र कोषाध्यक्ष एक जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।

त्यस्तै बैठकले अहिले कायम रहेका केन्द्रीय कमिटी सदस्यहरूलाई मङ्सिर २५ गते हुने प्रदेश सम्मेलनबाट प्रदेश कमिटीमा जानका लागि पार्टीको तर्फबाट बल नगर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता महराले भन्नुभयो, ‘केन्द्रीय सदस्यहरू स्व–इच्छाले कोही तल प्रदेशमा जान चाहन्छन् भने उनको इच्छाको कुरा भयो । तर सकेसम्म हाम्रो तर्फबाट केन्द्रीय सदस्यहरू तल जानका लागि बल नगर्ने ।’

त्यस्तै बैठकले प्रदेश कमिटीको सदस्य सङ्ख्या बढाउने निर्णय पनि गरेको छ । जसअनुसार प्रदेश नम्बर १ मा दुई सय ५९, प्रदेश नम्बर २ मा दुई सय ७१, वाग्मती प्रदेशमा दुई सय ७५, गण्डकी प्रदेशमा दुई सय २९, लुम्बिनी प्रदेशमा दुई सय ५३, कर्णाली प्रदेशमा दुई सय ११ र सुदूरपश्चिम प्रदेशमा दुई सय २३ जनाको कमिटी बनाउने निर्णय गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

आजकाे बैठकले माओवादी पार्टी प्रवेश गर्नेहरूको सम्बन्धमा अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको तीन सदस्यीय कार्यदल बनाएको छ । यस्तै महिला विभाग गठन गरेर विभाग प्रमुखको जिम्मेवारी पम्फा भुसाललाई दिने र अरू सदस्य पछि थप्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया